Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गयो - Brighter Khabar


असार ३०, चार्जमा राखिरहेको मोबाइल फोन चलाउँदा एकजनाको ज्यान गएको छ ।

झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ स्थित  टुनु बस्तीकी  ५५ वर्षिय  सिला बुढाथोकीको चार्जमा रहेको मोबाइल फोन चलाउँदा ज्यान गएको हो । 

चार्जमा राखिरहेको मोबाइल फोन उठाउने क्रममा उनलाई करेन्ट लागेको थियो । 

दिनभर खेतबारीमा काम गरेर साँझ  घरमा  आएर मोबाइलमा रिङ्गटोन बज्यो भनेर फोन हातमा लिँदालिँदै सिलालाई करेन्ट लागेको हो । 

करेन्टले ढलेकी सिलाको घटना स्थलमै ज्यान गएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom