Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जालमा आलोचना नगर्दिनुस् : अर्थमन्त्री प्रकाशशरण महत - Brighter Khabar


असार ३० गते। अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीप्रतिको आलोचनाका कारण जनता के हो कांग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको दाबि गर्दै  पार्टीका नेताको आलोचना सामाजिक सञ्जालमा नगर्न आग्रह गरेका छन्  । 

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो आग्रह गरेका  हुन् । 

त्यस्तै उनले  पुराना पार्टीले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन् । उनले  यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टी धेरै समय नटिक्ने दाबी गरे । 

महतले  दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवास, पुलिसको लाठी, डन्डा सहेर पुराना पार्टी निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिले भोग्नुपर्यो  भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरेका हुन् ।  

‘‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ नयाँ प्रवृत्ति यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्। तर यिनीहरु टिक्दैनन्। दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठी, डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस। यस्तै समस्या नयाँ प्रवृत्तिले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला।’’ उनले भने ।

अर्थमन्त्री महतले पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रीय समितिमा गर्न चुनौती दिएका छन् । उनले  सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे ।  

उनले आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने संकेत समेत गरे ।

Top Post Ad

post bottom ads

Ads Bottom