Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विक्री गर्न भारतबाट ल्याइएका १४ सय किलोग्राम माछा नष्ट - Brighter Khabar


असार ३१ गते । झापामा बिक्री गर्नका लागि ल्याइएका सडेगलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ । 

पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार प्रक्रिया पूरा गरी आवश्यक कागज पत्रसहित ल्याएको अन्दाजी ४ लाख २० हजार मूल्यको १४ सय किलाेग्राम माछा सडेगलेको पाइएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ७५१० न.को माछा लोड रहेको पिक अप गाडी आफै अनियन्त्रित भई पल्टिएर माछा, आइस छरपस्ट भएपछि छरपस्ट भएका माछा बटुलेर अर्को गाडीमा हालेर ल्याएको पाइएको रिजालले जनाउनुभयो ।

छरपस्ट भएको उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी पोस्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा रहु र कार्प जातको माछा सडेगलेको देखेपछि नियन्त्रणमा लिएको पनि उहाँले बताउनुभएको छ । 

उक्त माछा बोकेको गाडी नियन्त्रणमा लिई पशु क्वारेनटाइन कार्यालय गौरीगञ्जलाई जानकारी गराएर तत्कालै प्राविधिक बोलाइ जाँच गर्दा खान अयोग्य भनेपछि अयोग्य रहेका सबै माछा नष्ट गरिएको खबर गोरखापत्रमा छ । 

प्राविधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको जानकारी गराएपछि जनप्रतिनिधि र स्थानीयको रोहबरमा इलाका प्रहरी कार्यालय झिलझिले परिसरभित्र खाल्डो खनेर माछा पुरिएको हो, रिजालले भन्नुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom