Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसईईको ग्रेड वृद्धि परीक्षाको मिति सार्वजनिक - Brighter Khabar


असार २३,  माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षाको मिति सार्वजनिक भएको छ ।  बोर्डले साउन २६ र २७ गते संचालन हुनेगरी  ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेड सी वा सो भन्दा कम ग्रेड प्राप्त गर्ने मध्येबाट बढीमा पनि दुई वटा विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने छ । 

कार्यालयका अनुसार दुई वटा विषयमा परीक्षा नदिएका विद्यार्थीले समेत यस परीक्षामा सहभागी हुन पाउने भए पनि परीक्षा  रद्द भएको अवस्थामा त्यस्ता विद्यार्थीहरूले भने उक्त ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्  ।

त्यसै गरी आफ्नो नतिजामा चित्त नबुझे साउन ५ गते भित्र पुनर्योगका लागि विद्यार्थीले  निवेदन दिन सक्ने  छन् । त्यसका  लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई अथवा परीक्षा नियन्त्रण कार्यालयमै गएर विद्यार्थीले आवश्यक प्रक्रिया पुरा गरी निवेदन दिन सक्ने छन् ।  

Top Post Ad

post bottom ads

Ads Bottom