Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनुदानको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीमा भेटिएपछि - Brighter Khabar


साउन २ गते । सरकारी अनुदानको रासायनिक मल कपिलवस्तुको एक सहकारीका अध्यक्षले ससुरालीमा पठाइएको अवस्थामा फेला परेको छ । 

जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो । 

सहकारीका अध्यक्ष भागिरथी यादवको ससुरा बनारसी यादवको घरबाट ५४ बोरा मल बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताउनुभयो । 

वडा नम्बर ६ रहेको बनारसीको घरबाट छ बोरा डिएपी (डाई एमोनियम फस्फेट) र ४८ बोरा युरिया मल बरामद गरिएको हो ।  रोपाइँको सिजन चालु रहँदा मलको अभाव रहेको कृषकहरुले बताउँदै आएका छन् । 

कृषकलाई अनुदानमा दिने मल नपाउँदा कृषकहरु भारतीय बजार र महँगाे मूल्य तिरेर मल किन्नुपरेको बुद्धभूमि ५ गिदहवाका कृषक रिजवान गद्दीले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom