Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गयो - Brighter Khabar

 

साउन ९ गते । मेची राजगर्माको फिदिम खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।


फिदिम २ ओदिनमा भएको दुर्घटनामा  झापाको बिर्तामोड नगरपालिका ८ घर भई प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।


उहाँका अनुसार अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बर को मोटरसाइकल मङ्गलवार बिहान २ बजे फिदिम २ ओदिनमा दुर्घटना भएको थियो । 


दुर्घटनाका कारण खुल्न सकेको छैन । अधिकारीलाई दुर्घटना स्थलभन्दा १० मिटर तलबाट उद्धार गरेर पाँचथर अस्पतालमा उपचारका लागि ल्याइए लगत्तै डाक्टरले मृत घोषणा गरेका हुन ।

Top Post Ad

post bottom ads

Ads Bottom