Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नहरमा डुबेका बाकलाई बचाउन गएका किशोरको उल्टै ज्यान गयो, डुबेका बालक सकुशल -Brighter Khabar


साउन २ गते। कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। 
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिल्काका १७ वर्षीय योगेश विष्टको मृत्यु भएको हो। 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको  पश्चिम नहरमा नुहाइरहेको अवस्थामा डुबिरहेका १० वर्षीय गणेश चलाउनेलाई बचाउन जाँदा डुबेर योगेशको ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो। 

उहाँका अनुसार १० वर्षीय गणेशको ज्यान जोगिएको छ भने डुबिरहेकोलाई बचाउन गएका योगेशले भने आफूलाई जोगाउन असक्षम रहे। नहरमा उनी डुबेपछि सुरक्षाकर्मीसहित स्थानीय उद्धार कार्यमा खटेका थिए। 

Top Post Ad

post bottom ads

Ads Bottom