Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते - Brighter Khabar

 

साउन ९ गते । पृथ्वीराज मार्गमा पर्ने तनहुको आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा  माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएको खबर छ  । 

मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो मङ्लगबार राती ९ः२० बजे  एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरू मध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।  

प्रहरीका  अनुसार दुर्घटनामा परी तनहुँको ब्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई सख्त घाइते भएका छन्  । 

यसै गरी कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ,  वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ घाइते हुनु भएको छ । यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते हुनु भएको । घाईत आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको  व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

 प्रहरीका अनुसार  दुर्घटनाको सम्बन्धमा थप  अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom