Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिकाका सहायक विदेशमन्त्री एक दिने नेपाल भ्रमणमा - Brighter Khabar


काठमाडौं- सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज आइपुगेका छन्  ।

उनले  आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने  कार्यक्रम छ । 

भ्रमणका क्रममा उनले  दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्ने कार्यतालिका रहेको  अमेरिकी दूतावासले जनाएको छ ।

साथै उनले  अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने छन्  । 

उनि गत वर्ष पनि नेपाल भ्रमणमा आएका थिए  ।

Top Post Ad

post bottom ads

Ads Bottom