Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोले घर पुरिँदा आमा छोराको ज्यान गयो, पाहुना बस्न आएकी वृद्ध घाइते - Brighter Khabar


साउन ८, बैतडीको पुचौँडी नगरपालिका– २ भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । 

गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर लोकराज जोशीले बताउनुभयो ।

यस्तै मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएको प्रहरीले जनाएको छ । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ ।

प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom