Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल र भारत दुवै देशको नागरिकता लिने नगर उपप्रमुख यिनै हुन - Brighter


असार, २५ गते । नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ । 

अनुसन्धानका लागि उपप्रमुख यादवलाई पाँच  दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार म्याद थप्ने आदेश दिएकाे हाे । 

उपप्रमुख मिरा र उहाँका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारी भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । परमादेश जारी भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । 

कृष्णा कुमार यादवले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

उपप्रमुख मिराकुमारी यादव र उहाँका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । 

भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथ पत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको खबर गोरखापत्रमा छ । 

डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलासमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।

गत असार १९ गते बुधवार अदालतको अनुमति पाएर प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दामा मिरा र उहाँका पति महेन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom