Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नदीमा खसेर दुई जना बेपत्ता - Brighter

 

असार २१ गते । तमोर नदीमा खसेर दुई जना बेपत्ता भएका छन्  । 

तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे धनकुटाको चौबिसे गाउँपालिका –५ मुर्कुटेस्थित तमोर नदीमा खस्दा उनीहरू  बेपत्ता भएका हुन् ।

नदीमा खसेर बेपत्ता हुनेहरुमा मकवानपुर मनोहरीका ३२ बर्षीय राज तामाङ र १८ बर्षीय डुवा मोक्तान रहेका छन्  । 

नदीमा खसेर बेपत्ता भएकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिए ।   धनकुटाको मुलघाट र पाँचथर जोड्ने तमोर करिडोर सडक निर्माणको काम भइरहेको छ ।उनीहरू  सोही सडकमा काम गर्दै आएको खबर छ  । 

सडक निर्माणको काम गरिरहेका बेला चिप्लिएर नदीमा खस्दा दुवै जनालाई नदीले बगाएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए  । 

यसैगरी गत असार ८ गते पनि तमोर नदीले मोरङको बेलवारी घर भएका इन्जिनियर २३ बर्षीय सिद्धार्थकुमार खत्रीलाई बगाएको थियो । 

साँगुरीगढी –९ स्थित दिलुङटारमा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्नेक्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएका खत्रीको अवस्था अझै अज्ञात छ । 

Top Post Ad

post bottom ads

Ads Bottom