Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या - Brighter



असार २२ गते । इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बिहीबार राती माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 


खतिवडाका दुई श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राती जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 


कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom