Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेपत्ता भएकी छोरीको पर्खाइमा बुबा आमा - Brighter

 

असार २४ गते । बाँके होलियाका नारायण कुर्मी दम्पतीले आफ्नी १९ वर्षीया छोरी रेश्मालाई बेपत्ता पारिएको जनाउँदै खोजी गरिदिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

नारायण र उहाँकी श्रीमती सिपुरी कुर्मीले गत वैशाख २ गतेदेखि आफ्नो छोरी बेपत्ता भएको जनाउँदै खोजी गरिदिन सबैसँग अपिल गर्नुभएको हो । 

सिपुरी कुर्मीका अनुसार छोरी रेश्माको तीन वर्षअघि नेपालगन्ज–१३ गङ्गापुरमा विवाह भएको थियो । उनका श्रीमानको मृत्यु भएपछि रेश्मा माइती घरमा बस्दै आएकी थिइन । 

माइतीमा बसेकी छोरीलाई आफन्त पर्ने केतिया, आरती, पवन र दिनेश कुर्मीले मिलेर फकाएर भारतमा लगेर बेपत्ता पारेको बुवा आमाको आरोप छ । 

नारायण दम्पतीका अनुसार उनीहरूले रेश्मालाई भारत बहराइच जिल्ला अजकवा गाउँका इन्द्र जीत कुर्मीको घरमा राखेको जानकारी आएको छ । तर, छोरीसँग भेट्न नदिएको उहाँहरूको भनाई छ । 

बुवा नारायण कुर्मीले भन्नुभयो–‘छोरीको जबरजस्ती विवाह गरिदिएको भन्ने सुनेको छु । विवाह गरिदिएका हुन् कि बेचिदिएका हुन्, थाहा छैन । मेरो छोरीको खोजी गरिदिन हुन म प्रहरी प्रशासन समक्ष आग्रह गर्न चाहन्छु उहाँले भन्नुभयो । 

रेश्मालाई भारत बहराइच इन्द्र जितको घरसम्म पुर्याउनका लागि डुडुवाका विजय यादवले सहयोग गरेको नारायण दम्पतीको आरोप छ । 

तर, यादवले सो बारेमा आफूलाई कुनै जानकारी नभएको र त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउनु भएको खबर गोरखापत्रमा छ । 


नारायण दम्पतीले छोरीको खोजीका लागि स्थानीय प्रहरीले पनि सहयोग नगरेको बताउनुभयो । मानवअधिकारकर्मीहरुले भने रेश्मालाई भारत लगेर बेपत्ता पारिएको घट्नाको अनुसन्धान र खोजी गर्न माग गरेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom