Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फूल टिप्न गएका एकजनाको जंगली हात्तिको आक्रमणबाट ज्यान गयो - Brighter


झापा- मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । 

सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो ।

झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom