Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

युरोपको मोहले ठगीँदै नेपाली युवायुवती Brighter

 

साउन १५ गते ।  पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । 

उहाँहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रुपियाँसम्म लिएर आफूसहित १७ जनालाई नेपालको विमानस्थलबाट मस्को हुँदै विभिन्न ठाउँमा पु-याएर अलपत्र पारेको जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामी चैत २८ गते शाहीको माध्यमबाट पोर्चुगल जान भनेर नेपालको विमानस्थल हुँदै मस्को गयौँ । त्यहाँबाट प्रवास नामका भारतीय नागरिकले हामीलाई विमानस्थलबाट रिसिभ गरेर होटलमा लगियो र मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौँ भनेका थिए तर हामीलाई त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु-याइयो ।”

आफूसहित १७ जनालाई १० दिनसम्म बेलारुसमा राखेर त्यहाँबाट पाकिस्तानी एजेन्टका साथमा पोर्चुगलका लागि पानी पानी भएको बाटो हुँदै लाट्भिया पु-याइयो र लाट्भिया प्रहरीले  मोबाइलसमेत नियन्त्रणमा लिएर पुनः बेलारुसमै फिर्ता पठाएको आफूहरू अलपत्र परेको पीडित रोकायले गुनासो गर्नुभयो । 

त्यसपछि पुनः बेलारुसकै होटलमा २० दिनसम्म राखिएको र नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनीबाट डिपोर्ट भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्यान्डतर्फ लगेको उहाँको भनाइ छ । 

पोल्यान्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किंदा त्यहाँको प्रहरीले छ जनालाई नियन्त्रणमा लिएर १५ दिन कारागारमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताउनुभयो । 

युरोपको सपना देखेर सयकडा ३६ प्रतिशतमा ऋण लिएर विदेशिएका युवा अहिले सडकमा आएका छन् । उनीहरू प्रतिनिधि मात्रै हो । 

पछिल्लो पटक उनीहरू जस्तै ठगिनेको सङ्ख्या बढेको छ तर सरकारसँग यसका वास्तविक तथ्याङ्क छैन । 

युरोपका नाममा युवा ठगिने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको छ । मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभनमा पारेर ठगी गरेको पाइएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom