Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिहे मनाउन कै लागि गाउँपालिका भरी सार्वजनिक बिदा - Brighter

कास्की, असार १८ गते । बिहे मनाउन मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते विवाहको दिन भन्दै सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको भन्दै  सार्वजनिक बिदा दिएको हो ।

मुस्ताङी राजाको जेठो छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

“शुभ विवाह उत्सवका लागि आज असार १८ गते सोमबार यस गाउँ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारीका लागि अनुरो छ ।” गाउँपालिकाद्वारा जारी विज्ञप्तिमामा भनिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom