Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा बोलेरोको ठक्करबाट एक जनाको ज्यान गयो - Brighter


पोखरा, २१ असार । पोखरामा बोलेरोको ठक्करबाट एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित पृथ्वी राजमार्गमा ग २ च ३१७९ नम्बरको बोलेरोले ग ८ प ५८३८ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक प्रज्वल गुरुङको ज्यान गएको हो ।

बोलेरोले ठक्कर दिएपछि घाइते भएका ३४ वर्षीय  गुरुङलाइ उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएपनि उनको उपचारको क्रममा ज्यान गएको थियो  ।

त्यस्तै दुर्घटनामा परी एक जना घाइते भएका छन् । स्कुटर पछाडि बसेका विमल गिरी घाइते भएका हुन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बोलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom