Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै गएको पहिरोमा परी एकै घरका ३ जनाको ज्यान गयो - Brighter

सांकेतिक तस्विर 


असार १९, अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिनुभयो ।

पाणिनि-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उहाँको भनाइ छ । मृत्यु हुनेमा  ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उहाँले जानकारी दिनुभयो ।

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिनुभयो ।

घरमा छ जना बस्दै आएकोमा दुई जना  गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom