Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विषालु च्याउ खाँदा ११ जना बिरामी - Brighter


 डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन् ।


बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभएको छ ।


नौ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो । विषालु च्याउ खाएर बिरामी परेका ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom