Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा धन्सार भत्किँदा दुई जनाको ज्यान गयो , केही घाइते - Brighter


गोरखा ,असार २० । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ पाटापाटी भन्ने स्थानमा धनसार भत्किएर दुई जनाको ज्यान गएको छ । 

मंगलबार बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते भएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बरामको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । 

मृतक रामकृष्ण धनसार बनाउनका लागि जगबहादुरको घरमा मेला आएका थिए  ।

दुर्घटनामा घरधनी जगतबहादुरकी श्रीमती ४५ वर्षीया मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको खबर छ । 

घाइते भएका दुई जनाको अवस्था भने सामान्य रहेको स्थानियले बताएका छन्  ।

घाइते हुनेमा मृतक मीनाका श्रीमान् ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम रहेका छन् ।

घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom