Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो - Brighter


असार २३, बर्दिबास जलेश्वर सडक खण्डस्थित औरही ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा परि गौशाला नगरपालिका  १२ का ३५ वर्षीय प्रदीप महतोको ज्यान गएको हो । 

बर्दिबासबाट दक्षिणतर्फ जाँदै गरेको ज१त १६५५ नम्बरकाे ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००२ प ६४११ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  महतोको उपचारका क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता दिलीप गिरीले बताउनुभयो । 

प्रहरीले ट्याक्टरसहित चालक धनेश्वर मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom