Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ - Brighter

 

असार २५ गते  । माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सोमबार तारकेश्वरबाट तामाङलाई पक्राउ गरेको हो । 

थप अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक–पटक गरी पाँच लाख ८५ हजार रुपियाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Top Post Ad

post bottom ads

Ads Bottom