Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेतमा ओछ्याएको मोटरको तार हटाउँदा करेन्ट लागेर किसानको ज्यान गयो - Brighter

तस्विर: गोरखापत्र 


असार २४ गते । धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । 

आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । 

सिँचाइ गर्न प्रयोग गरिएको विद्युतीय मोटरको तार हटाउने क्रममा करेन्ट लागेर ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजकुमार भट्टले बताउनुभयो । 

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । 

ठाकुर आफ्नै धान खेतमा सिँचाइ गर्न गएका बेला छिमेकी सत्यनारायण यादवको खेतमा ओछ्याएको मोटरको तार हटाउन जाँदा उहाँलाई करेन्ट लाग्न पुगेको बताइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom