असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको खबर छ ।
धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मङ्गलवार बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ ।
दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको खबर छ ।
बाढीमा फसेको ट्रिपरको आधा पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।