काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु छ । उहाँले उक्त प्रश्नपत्र फेसबुकको समूहमार्फत बाहिर गएको जानकारी दिँदै यस विषयमा प्रहरीको साइबर ब्युरोबाट अनुसन्धान भइरहेको र त्यसको अनुसन्धानपछि मात्र परीक्षाफल प्रकाशित गर्नेबारे निर्णय लिइने बताउनुभयो । पक्राउ परेका तीन जनालाई म्याद थप गरी अनुसन्धान गरिने जानकारी उहाँले दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएका तीन जनाले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेका थिए । प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको हो ।