Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेवा समूह नेपाल र सिटिजन्स पब्लिक स्कुलको सहकार्यमा वृक्षारोपण - Brighter


वीरगन्ज महानगरपालिका वडा नं २६ मा सेवा समूह नेपाल र सिटिजन्स पब्लिक स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

 सशस्त्र प्रहरी बलका एस पी सुमन थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको  कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तर्फ बाट सब इन्स्पेक्टर हनुमान राउत उपस्थित भएका थिए  ।

संस्थाका अध्यक्ष अंकेत पुरीका अनुसार कार्यक्रममा सिटिजन्स पब्लिक स्कुलका निर्देशक  प्रमोद साह, शिक्षक अमिर राय, रिना पटेल, इलाका प्रहरी कार्यालय सुगौली बिर्ताका प्रमुख प्रमोद लगायत विद्यार्थी र समाजसेवीहरू साथै  संस्था को तर्फबाट अध्यक्ष अंकेत कुमार पुरी, कोषाध्यक्ष आरती साह,सह सचिव त्रिभुवन साह लगायतको सहभागिता थियो।


 वीरगन्ज महानगरपालिका वडा नं २६ का अध्यक्ष शम्भु मिश्र मुख्य भूमिका रहेको  उक्त कार्यक्रममा गाउँलेहरू बाट वार्ड अध्यक्ष शम्भु मिश्र,खुरम आलम,प्रधुमन्,गैसोदिन,रामबाबु लगायतको उपस्थिति थियो।

Top Post Ad

post bottom ads

Ads Bottom