Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा विद्यार्थी बधाई एवं अभिभावक अभिनन्दन कार्यक्रम सम्पन्न - Brighter


पोखरा, असार २४ । 
 पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय  माध्यमिक विद्यालयमा विद्यार्थी बधाई तथा अभिभावक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले एसइई उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई एवं विद्यार्थीका अभिभावकहरूलाई  अभिनन्दन गर्ने कार्यक्रम आफ्नो सभा हलमा आज सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा , प्राचार्य प्रवीण गुरुङ , शर्मिला गुरुङ , १२ तर्फका होटेल व्यवस्थापन संकायका  संयोजक विकास गुरुङ , शिक्षक शिक्षिका , विद्यार्थी र  अभिभावकहरूको उपस्थिति रहेको थियो   ।


कार्यक्रममा संस्थापक निर्देश मोतीराम गुरुङले विद्यार्थीहरूलाई बधाई दिँदै आउने दिनहरूमा आफ्नो खुबीलाई चिनेर कक्षा १२ मा आफ्नो क्षमता अनुसारको विषय छनौटमा ध्यान दिन अनुरोध गर्नुभयो  ।

त्यस्तै विद्यालय प्राचार्य प्रवीण गुरुङले विद्यार्थीहरूलाई विद्यालयको साख जोगाउन सफल भएकोमा बधाई दिँदै विद्यार्थीहरूको आगामी दिनको शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्नुभयो  । साथै प्राचार्य गुरुङले विद्यार्थीहरूमा कक्षा ११ मा विषय छनौट गर्दा केके विषयमा ख्याल गर्ने भन्ने सन्दर्भमा समेत विद्यार्थीहरूलाई स्पष्ट पार्नुभयो ।

त्यस्तै बसन्तराज क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा  मेरिगोल्डको होटेल व्यवस्थापन तर्फका संयोजक विकास गुरुङले कार्यक्रममा बोल्दै विद्यार्थीहरूलाई  व्यवस्थापन सँगै होटेल व्यवस्थापन जस्तो प्रयोगात्मक धारको विषय छनौट गर्दा यसको करियर कस्तो छ भन्ने सन्दर्भमा प्रस्ट पार्नुभयो  । 

एसइई २०७९ को परीक्षामा विद्यालयका ८ जना विद्यार्थीहरूले ३.६० देखि ४.० जी पी ए, १५ जना विद्यार्थीहरूले ३.२० देखि ३.६० जी पी ए, १४ जनाले  २.८० देखि ३.२० सम्मको जी पी ए र २ जनाले २.४० देखि २.८० जी पी ए प्राप्त गरेका थिए ।  


तिन दशक देखि पोखराको शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेको यस मेरिगोल्ड अङ्ग्रेजी आवासीय   मा वि मा कक्षा ११ र १२ तर्फ व्यवस्थापन तर्फ होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स पढाई हुँदै आइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom