Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निक्षेपकर्ताको १२ अरब २३ करोड भन्दा बढी रकम दुरुपयोग गर्ने सहकारी सञ्चालक पक्राउ - Brighter


असार २३, नेपाल प्रहरीले निक्षेपकर्ताको १२ अरब २३ करोड ५१ लाख ८३ हजार रुपियाँ रकम दुरुपयोग गर्ने अभियुक्त केदारनाथ शर्मालाई पक्राउ गरेको छ। 

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७९/८० मा गत चैत १५ देखि असार १५ गतेसम्मको तीन महिने प्रगति विवरण सार्वजनिक गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका शाखा कार्यालय रहेको निक्षेपकर्ताको सो रकम दुरुपयोग गर्ने शर्मालाई असार ११ गते बाँके नेपालगञ्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो। सो सहकारीमा एक लाख ८९ हजार ८७९ निक्षेपकर्ताको बचत रकम रहेको छ।  

सहकारी ठगीतर्फ दुई अरब ४४ करोड २१ लाख १४ हजार रुपियाँ बिगो माग दाबी रकमसहित अन्य पाँच सञ्चालकविरुद्व मुद्दा दर्ता भएको र १३ जना सहकारी सञ्चालक पक्राउ परेका छन्।

यसैगरी, चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा तीन हजार पाँच सय ६२ फरार अभियुक्त पक्राउ भएको छ भने मुद्दा दर्ता ११.२२ प्रतिशत र पक्राउ ११.१५ प्रतिशतले बढेको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom