Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

४५ हजार घुस सहित इन्जिनियर पक्राउ - Brighter


असार २१ गते । रुपन्देहीका कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव सेवाग्राहीसँग ४५ हजार पाँच सय रुपियाँ घुस लिइसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । 

आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पीसीसी गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले पछ्याएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom