Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन - Brighter


असार २७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । उनकी  धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको हो । 

आज बिहान साढे आठ बजे उहाँको निधन भएको प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।

उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । 

आजै दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि बिरामी रहनुभएकी सीता दाहाल नेकपा माओवादी केन्द्रका सल्लाहकार पनि थिइन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom