Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महोत्तरीमा गोली चल्दा एक जना घाइते - Brighter


असार २०, महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टिमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलिबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । 

मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवलाई दुई राउन्ड लागेको छ । प्रहरीका अनुसार एक राउन्ड चिउँडोमा र अर्को राउण्ड गोली दाहिने कुममाथी लागेको छ ।

यादवलाई थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको प्रहरीले जनाएको छ ।

गोलि प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका तीन थानसहित प्रहरीले पक्राउ गरेको छ । 

घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom