Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकी प्रदेशमा लम्पी स्किन रोगका कारण करिब २ हजार पशु मरे, करोडौको क्षति -Gandaki


पोखरा, असार २९ गते  पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार असार २६ सम्ममा गण्डकी प्रदेशमा लम्पी स्किन  रोगका कारण १ हजार ८ सय १ पशुवस्तु मरेको खबर छ ।

निर्देशनालयका अनुसार  प्रदेशभर हालसम्म ४ हजार ५ सय ७३ वटा बाच्छाबाच्छी, २४ हजार ३ गाई, १७ हजार ७ सय ६४ गोरु, १ सय २५ पाडापाडी, १ हजार ५ सय ५२ भैंसी र १ सय २२ वटा राँगोमा संक्रमण पुष्टि भएको छ । गोरखामा प्रदेशकै सबैभन्दा बढी  १३ हजार ८ सय ३६ वटा गाईभैंसीमा उक्त रोग देखिएको निर्देशनालयले जनाएको छ  ।

गण्डकीमा अहिलेसम्म लम्पी स्किनका कारण  १० करोड हाराहारी नोक्सान भएको आंकलन गरिएको निर्देशनालयले जनाएको  छ । 

निर्देशनालयका अनुसार अहिलेसम्म  सबैभन्दा बढी नवलपुरमा ४ सय ८ पशुचौपाया मरेका छन् । मुस्ताङमा ४ वटा पशु मरेका विवरण छ । यसैगरी कास्कीमा ३ सय ५३, गोरखामा ३ सय १९, तनहुँमा २ सय ४८ र बागलुङमा १ सय ६६ वटा पशु मरेका छन् । स्याङ्जामा १७, लमजुङमा ४७, पर्वतमा ७० वटा मरेको खबर छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom