Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसईईको नतिजा यसरी हेर्न सकिन्छ - SEE RESULT


भक्तपुर, असार २१ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आधा घण्टा ढिलाे गरी  प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस अघि दिउँसो ३ बजे नतिजा प्रकाशित गर्ने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।”


परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।


नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।


यसैगरी, www.see.gov.np


www.neb.gov.np


www.see.ntc.net.np


https://see.nicasiabank.com


www.see.edusanjal.com


www.ekantipur.com


www.theconnectplus.com


https://khalti.com/app


www.neemaacademy.com


https://mypay.com.np


www.nepleeducationpoetal.com


www.ayoresult.com


www.results.matraeducation.com


www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom