Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा प्रहरीद्वारा गाँजाका बोट नष्ट - ब्राइटर खबर - Syangja Update


स्याङ्जा- स्याङ्जामा प्रहरीले बर्सात सँगै उम्रिएका गाँजाका बिरुवाहरू नष्ट गरेको छ । 

गत असार १३ गते   जिल्ला प्रहरी कार्यालय स्याङ्जा  मातहत प्रहरी चौकी फेदी खोलाबाट खटिएको प्रहरी टोलीले गाँजाका बिरुवाहरू नष्ट गरेको हो ।

स्याङ्जा फेदी खोला गाउँपालिका वडा नम्बर २ स्थित जोगिढुङ्गा  भन्ने स्थानमा स्थानीयका घरदैलोमा उम्रिएका गाँजाका बिरुवा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

वर्षा सँगै स्थानीयका घर दैलो,गोठको वरिपरि , करेसा बारी,  मल खात लगायतको स्थानमा  गाँजाका बोट 
 उम्रने गरेको र तिनै बिरुवाहरू नष्ट गरिएको एक स्थानीयले बताए  । 

स्थानीयका अनुसार उनीहरूले बाख्रा का पाठाहरूलाई चिसो लाग्दा औषधिको रूपमा गाँजा प्रयोगपूर्ण हुने गर्दछ   ।
हाल नेपालमा गाँजालाई अवैध लागु औषधका रूपमा लिइन्छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom