Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा जेल सजाय तोकेर फरार रहेका दुई अभियुक्त पक्राउ - Syangja Update


स्याङ्जा , ३ गते साउन  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले केही समय अगाडिदेखि फरार सूचीमा रहेका दुई जनालाई अलग अलग स्थानबाट पक्राउ गरेको छ । 

प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ७ कि ४३ वर्षीय जमुना अर्याललाई पक्राउ गरेको हो । 

अर्याललाई कर्तव्य ज्यान मुद्दामा ४ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएकोमा उनी फरार सूचीमा थिइन् ।

त्यस्तै स्याङ्जा जिल्ला अदालतले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ९ दिन कैद सजाय तोकेपछि फरार सूचीमा रहेका बिरुवा गाउँपालिका ४ का ५४ वर्षीय दुर्गा बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom