Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज श्रावण २८ गते आइतबारको तपाइँको राशिफल यसप्रकार छ - Aajako Rashifal


मेष : आज समय शुभ रहनेछ । व्यापार  व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू समेत खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।


वृष : आज स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा  हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।


मिथुन : आज पनि समय खराब रहनेछ । माया प्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने देखिन्छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धी न्यून हुनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछैन । पढाई लेखाइमा भने समय दिन सके सफलता हात लाग्नेछ ।


कर्कट : आज स्वास्थ्य भरपर्दो रहनेछैन । अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्ताबाट मनग्य लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । पश्चिम दिशाको यात्रामा पनि सावधान हुनुहोला ।


सिंह : आज समय शुभ छ । कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।


कन्या : आज समय खराब छ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दु:ख पाइनेछ । साँझपख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।


तुला : आज समय अत्यन्तै शुभ छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानी सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।


वृश्चिक : आज समय अत्यन्तै खराब छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।


धनु : धनु राशिका लागि आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।


मकर : आज स्वास्थ्य सबल रहनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धी प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ ।


कुम्भ : आज समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा भने पलदायी हुने देखिन्छ ।


मीन : आज समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom