Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ललिता निवास प्रकरणः पक्राउ पुर्जी जारीभएका चार पूर्वमन्त्रीहरु यी हुन्

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।


केन्द्रीय अनुसन्धान ब्युरो, सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार काँग्रेस नेता गच्छदार चार जना पूर्वमन्त्रीको नाममा आइतवार पक्राउ पुर्जी जारी भएको हो ।


उहाँका अनुसार अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।


यस प्रकरणमा ब्युरोले यसअघि २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्व मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom