Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्लोबलमा अर्चित स्मृति कप


 

पोखरा* ३ भदौ। 

पोखरा–१२ रानीपौवामा अवस्थित ग्लोबल कलिजियट स्कुलले अर्चित स्मृति कप सम्पन्न गरेको छ । कक्षा–७ मा अध्ययनरत छात्र अर्चित बास्तोलाको गत वर्ष साउन २५ गते निधन भएकामा उनैको स्मृतिमा विद्यालयले कक्षा–७ मा अध्ययनरत विद्यार्थीहरु बिच अन्तरसदनात्मक स्मृति कप आयोजना गरेको हो । 

स्मृति कप अन्तर्गत छात्रहरुको फुटसल र छात्राहरु बिच बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । छात्र फुटसलतर्फ जुपिटर सदन प्रथम हुन सफल भयो भने मर्करी सदनले द्वितीय स्थानमै चित्त बुझायो । त्यस्तै छात्रा बास्केटबलतर्फ मर्करी सदन विजेता बनेकामा स्याट्रन सदन उपविजेता बन्यो । 

साउन २४ गते भएको प्रतियोगितामा विजेता विद्यार्थी खेलाडीहरुलाई आइतबार एक कार्यक्रमका बिच मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा विद्यालयका वरिष्ठ शिक्षक द्रोणराज उपाध्यायले प्रमाणपत्र र विद्यालयका प्राचार्यद्वारा मेडल प्रदान गरिएको हो । 

पुरस्कार वितरण पश्चात विद्यालयका प्राचार्य बाबुराम पन्तले स्वर्गीय विद्यार्थी अर्चितको आत्माको चिरशान्तिको कामना गर्दै आगामी दिनमा पनि स्मृति कपले निरन्तरता पाउने बताए । कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षक कविराज बरालले गरेको जानकारी स्कुलका स्टुडेन्ट डिन रवि पन्तले दिए ।

Top Post Ad

post bottom ads

Ads Bottom