Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते


 भदौ ८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको सदरमुकाम कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र विपरीत दिशामा गुडिरहेको म.प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।


दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १४ बस्ने १९ वर्षीय ललित थापा, सोही ठाउँका २४ वर्षीय सञ्जय थापा, मकवानपुर बागमती गाउँपालिका .५ का २५ वर्षीया मोनिका वि.क. र बारा आदर्श गाउँपालिका २ का २६ वर्षीय नरेन्द्र पटेल  घाइते हुनुभएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादु्र पौडेलले जानकारी दिनुभयो । 


घाइतेहरूको मध्य विन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालक र बसलाई नियन्त्रणमा लिएको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom