Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राती स्याङ्जामा कार दुर्घटना हुँदा घाइते भएका ३ जनालाई थप उपचारको लागि पोखरा पठाइयो - Brighter Khabar


स्याङ्जा, १६ साउन  ।  स्याङ्जा गल्याङ नगरपालिका स्थित  वडा नम्बर १  मा रातिको समयमा कार  सडकबाट तल खस्दा घाइते भएका तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा स्थित  मणिपाल शिक्षण अस्पताल  रिफर गरिएको  छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको मालुङ्गामा गए राति ९:३० बजेको समयमा  कार दुर्घटना हुँदा तीन जना घाइते भएका थिए   । 

प्रहरीका अनुसार  बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको थियो  । 

दुर्घटनामा परि कारमा सवार ४३ वर्षका सुमन गुरुङ, २८ वर्षीय उत्तम भण्डारी र ३५ वर्षका सन्दीप थकाली घाइते भएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom