Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खाडलमा जमेको पानीमा खेल्नेक्रममा डुबेर दुईजनाको ज्यान गयो - Brighter Khabar


साउन २५ गते । झापाको कनकाई नगरपालिका –१ स्थित सिर्जना  टोलमा बिहीवार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।  

स्थानीय बिजय भुजेलकी ४ बर्षीय छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका  अढाइ बर्षीय छोरा अनमोल जोगीको भैसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्नेक्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनुभयो । 

घरका अभिभावकहरु काम गर्न बाहिर गएको र बच्चाहरु खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom