Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशका धेरै स्थानहरूमा लगातार ३ दिन वर्षा हुने पूर्वानुमान, सतर्क रहन आग्रह - Brighter Khabar


साउन २७, मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले आगामी केही दिन देशका धेरै स्थानहरुमा अत्याधिक वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो रेखा अझै नेपाल नजिक सर्ने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाले आकस्मिक बुलेटिन जारी गर्दै नेपालको मौसममा विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको बताएको छ ।


आज रातीदेखी सोमवारसम्म देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । भारी वर्षासँगै देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।


त्यस्तै, सहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको छ भने ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने महाशाखाले बुलेटिन मार्फत् जनाएको छ ।


केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन तथा सडक-हवाई यातायातसमेत प्रभावित हुन सक्नेतर्फ सचेत रहन र पूर्वसतर्कता अपनाउन पनि मौसम विभागले आग्रह गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom