Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएराती आएको बाढीले १० घर बगायो , स्थानीयवासीको भागाभाग - Brighter Khabar


साउन २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती  १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ । 

गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे काग खोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिए  । 

गुरुङका अनुसार करिब एक सय घरधुरी रहेको कागबेनीको बिच बस्तीमा काग खोलाको बाढी पसेको हो ।  

पालिका अध्यक्ष गुरुङका अनुसार बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासी भागाभाग गरेका थिए । 

मुक्तिनाथको शिर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । 

बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको खबर छ  । 

मानवीय क्षति नभए पनि बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको बताइएको छ  । 

नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित जनप्रतिनिधिहरू उद्धारमा खटिएका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom