Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घाँस काट्न गएका दुई महिलामाथि बाघको आक्रमण - Brighter Khabar

सांकेतिक तस्विर 


नवलपुर, साउन ३०। पुर्वि नवलपुरको त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएको खबर छ । 

सोमबार दिउँसो विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ सिसेनीकी ४० वर्षीया पिथिमा दर्लामी र सोही ठाउँकी कीर्तिमा दर्लामी बाघको आक्रमणबाट  घाइते भएको प्रहरीले जनाएको छ  ।

बाघले दाहिने हातको पाखुरा र दाहिने हिपमा नग्रांले चिथोरेको छ । 

घाइते दुवै महिलाको मध्यविन्दु नगरपालिकामा रहेको विश्व मेडिकलमा प्राथमिक उपचारपछि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । अहिले  जिल्ला अस्पतालले चितवन रिफर गरेको र उनीहरू दुबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको  छ ।

प्रहरीका अनुसार भेडावन उपभोक्ता समितिको सामुदायिक बनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

 

Top Post Ad

post bottom ads

Ads Bottom