Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भित्री वस्त्रमा लुकाइराखेको २४ तोला सुन सहित एक महिला पक्राउ - Brighter Khabar


पोखरा, प्रहरीले पोखरामा एक महिलाको शरीरबाट भित्री वस्त्र ब्राभित्र लुकाएर ल्याएको सुन बरामद गरेको छ ।

प्रहरीले  झापाको बिर्तामोड घर भई काठमाडौँको जोरपाटी बस्दै आएकी ४५ वर्षीय कल्पना गुरुङलाई  २४ तोला सुन सहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले  काठमाडौँबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार उनलाई पोखरा बसपार्कमा बिहान साढे ७ बजे बसबाट झर्ने क्रममा पक्राउ गरेको हो।

गुरुङको शरीर खानतलासी गर्दा बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु छातीमा टेप बाँधेर भित्री कपडाभित्र लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  पक्राउ परेकी गुरुङमाथि थप अनुसन्धान थालिएको  छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom