Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज कुन प्रदेशको मौसम कस्तो छ - Brighter khabar


साउन ३२, कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ ।


अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


राति कोशी, मधेश र गण्डकीका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नदी तटीय क्षेत्र तथा अन्य ठाउँमा पहिरोको जोखिम, गेग्रान बग्ने, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom