Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक भारी वृद्धि - Brighter Khabar


साउन १७, पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको हो ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । 

त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ ।

एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ । यो सँगै  एलपी ग्यासको मूल्य प्रतिसिलिण्डिर रु एक हजार छ सय ६० मा झरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom