Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 


पोखरा- कास्कीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ  । 

रुपातालतर्फ जाँदै गरेको प्रदेश नं.३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ८०-९० मिटर तल  खस्दा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

 कास्कीको रुपा गाउँपालिकास्थित निगालझाँप्राको भित्री सडक खण्डमा शनिवार मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ६ का २९ वर्षे कृष्ण गुरुङ तथा मोटरसाइकलको पछाडि सवार सोही वडाका २४ वर्षे अशोक गुरुङको ज्यान गएको हो छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको थियो । अस्पताल ल्याइएको करिब एक घण्टा पछि अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको अनुमान गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom