Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा एक अपरिचित व्यक्तिको शव भेटियो, आफन्तलाई गुहार्दै प्रहरी - Brighter Khabar

भेटिएको शव , तस्विर: जिल्ला प्रहरी कास्की 
पोखरा- पोखरामा एक अपरिचित व्यक्तिको शव भेटिएको छ । हिजो  दिउँसो शनिवार  पोखरा  फेवातालमा अपरिचित व्यक्तिको शव भेटिएको हो ।

कास्की पोखरा महानगपालिका  वडा नं.१८ रातो डाँडा तल फेवातालमा तैरिरहेको अवस्थामा भेटिएको शवको अझैसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको हो ।
प्रहरीले हुलिया सार्वजनिक गर्दै शव फेला परेको र हालसम्म पनि निजको सनाखत हुन नसकेको भन्दै उक्त व्यक्तिलाई चिनजानेको वा कोही आफन्त भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेको  छ ।

अन्दाजी ३५/४० वर्ष जस्तो  देखिने उक्त पुरुषको  उचाइ  ५.६ फिट रहेको प्रहरीले जनाएको छ  ।

दायाँ हातको नाडीमा फ्लावर  लेखेको ट्याटु र क्रिस्चियन धर्मको लोगो जस्तो देखिने प्लस चिन्ह रहेको बताइएको छ  ।

उक्त पुरुष  रातो र निलो धर्का भएको सेतो हाफ पाइन्टमा रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom